नेयमार पनि साउदी अरब पुगे

काठमाडौं । स्टार खेलाडी नेयमार पनि साउदी अरब पुगेका छन् । क्लब फुटबलका लागि उनी पेरिस सेन्ट जर्मनबाट साउदी पुगेका हुन् । यसअघि क्रिष्टियानो रोनाल्डो लगायतका अरू स्टार पनि त्यहाँ आइसकेका छन् ।

नेयमारले साउदीको क्लब अल हिलालसँग २ वर्षको सम्झौता गरेका छन् । सम्झौता अनुसार उनले वार्षिक ३०० मिलियन डलर प्राप्त गर्दा एडअन र कमर्सियल डिलमार्फत ४०० मिलियन पुग्ने घोषणा गरिएको छ ।

पीएसजीमा आउँदा सन् २०१७ मा नेयमारले २०० मिलियन पाउन्डमा सम्झौता गरेका थिए । त्यतिबेलाको त्यो सर्वाधिक महँगो सम्झौता रहेको थियो ।

 

https://ujyaalonepalnews.com/archives/30431

Previous articleविद्युतीय सवारी उपयुक्त विकल्पः सरोकारवाला
Next articleकक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।