टिकौली जंगलमा भयानक दुर्घटना; कलेज बस सहित चार सवारी एकआपसमा ठोक्किए

उज्यालो नेपाल – पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा भयानक सवारी दुर्घटना भएको छ। राजमार्गको रत्ननगर – भरतपुर सडकखण्ड अन्तर्गत रहेको टिकौली जंगलमा दुर्घटना भएको हो।

दुर्घटनामा भरतपुरबाट टाँडी तर्फ आउदै गरेको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजको विद्यार्थी बोक्ने ना १ क ६१३१ नं.को बसले रत्ननगर १४ पारिजात चोकबाट शव बोकेर देवघाट तर्फ जाँदै गरेको ना.२. च ८४४६ नम्बरको बोलेरो गाडी र अन्य ८ ओटा मोटरसाइकल तथा स्कुटरमा सवार मलामीहरुकाई ठक्कर दिएको हो ।

दुर्घटनाका २० जना घाईतेलाई भरतपुरका विभिन्न अस्पताल पुर्याईएको छ। बस चालक नवलपुर गैडाको न.पा.९ बस्ने बर्ष २६ को आशिष परियार प्रहरीको नियन्त्रणमा रहेका छन् घटनामा घाईतेहरुको विवरण यस प्रकारको छ।

भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरु

१.जि.चितवन खैरहनी न.प.४ बस्ने बर्ष अं.६०/६५ को कृष्ण ब.तामाङ गम्भिर ।

२.जि.मकवानपुर हेटौडा उ.म.न.पा.१४ बस्ने बर्ष अं.६०/६५ को महोन तामाङ गम्भिर ।

३.जि.चितवन खैरहनी न.पा.१ बस्ने बर्ष अं.८२ को जित ब.तामाङ गम्भिर ।

४.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.५०/५५ को कुसुम ब.राना गम्भिर ।

५.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.३८ को सुरेश श्रेष्ठ गम्भिर ।

६.जि.चितवन र.न.पा.९ बस्ने बर्ष अं.३०/३५ को किशोर तामाङ गम्भिर

७.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.५०/५५ को डोल ब.कार्कि गम्भिर ।

८.जि.चितवन र.न.प.१४ बस्ने बर्ष ४१ को पुर लामा मध्यम ।

९.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ५५ को बुद्रिराम तामाङ मध्यम ।

१०.जि.चितवन र.न.पा.१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले मध्यम ।

११.जि.काठमाण्डौ गोकण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ मध्यम

१२.जि.चितवन र.न.पा.१६ बस्ने बर्ष ४७ को दिल ब.घिसिङ मध्यम ।

• (नँया मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईते

१. बलेरो गाडीमा सवार जि.नवलपुर गैडाकोट न.पा.८ बस्ने बर्ष ५१ को लोकराज लामा मध्यम

• पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु

१.बा.प्र.०३-००६ प ९९८१ नं.मो.सा.चालक जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ३३ को शंकर परियार सामान्य

२.सोहि पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३६ को दिबेश शाक्य मध्यम ।

३.बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ५० को आईतराम कामि मध्यम ।

४. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.३ बस्ने बर्ष ४४ को गोपाल तामाङ मध्यम

५. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष २६ को पुष्प तामाङ मध्यम ।

६. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ३८ को कृष्ण लामा मध्यम ।

७. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.३ बस्ने बर्ष ४५ को जिवन लामा मध्यम ।

https://ujyaalonepalnews.com/archives/30446

Previous articleकोशी प्रदेशमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार
Next articleखाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अदालतको आदेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।