दुर्घटनामा परेको अक्सफोर्ड कलेजको बसमा परीक्षा दिएर फर्कदै थिए विद्यार्थी

चितवन, साउन ३१- चितवनको टिकौंलीमा दुर्घटनामा परेको गैँडाकोटको अक्सफोर्ड कलेजको बसमा परीक्षा दिएर फर्कदै गरेका विद्यार्थी परेका छन् ।

अक्सफोर्डको तीव्र गतिमा गुडेको ना १ क ६१३१ नं को बसले शव बोकेर देवघाट जाँदै गरेको ना २ च ८४४६ नं को बोलेरो र मोटरसाइकलमा मलामी जाँदै गरेका आफन्तहरुलाई ठक्कर दिएको थियो । ठक्करबाट २० जना घाइते भएका छन् । तर, अक्सफोर्ड कलेजका विद्यार्थी भने सकुशल रहेको कलेजका कोअर्डिनेटर तिलक पन्थीले बताए ।

उनका अनुसार परीक्षा दिएर विद्यार्थीहरु घर फर्किदै थिए । झण्डै १० जना विद्यार्थी बसमा सवार रहेको उनले बताए । कलेजको बसको लापरवाहीले दुर्घटना भएको भन्दै आफन्तले शव उठाउन मानेका छैनन् ।

अस्पतालमा उपचाररत घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ । उनीहरुको भरतपुरमा विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गतबर्ष पनि अक्सफोर्ड कलेजको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो ।

https://ujyaalonepalnews.com/archives/30466

Previous articleआम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ : अभिनेत्री खड्का
Next articleबिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञानपन गर्ने दुई मेनपावर कारबाहीमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।