सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउपर्ने चिनियाँ नागरिकमा डीङ सेग्फा, वेन तोङ, ली–नेङकाई र टीयान मी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइने छ ।

उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ । सुन तस्करी प्रकरणमा पक्राउपर्नेको सङख्या २१ पुगेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सुन सहितको एक सय ५५ किलो ब्रेक शु बरामद गरेको थियो । तर यही मङ्गलबार गालेर जोख्दा ६० किलो मात्र सुन भएको पुष्टि भएको थियो ।

https://ujyaalonepalnews.com/archives/30471

Previous articleटाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने
Next articleभ्रष्टाचारको आरोपमा प्रमुख प्रशासकीय अधिकृत अर्यालसहित सात जनाविरुद्ध मुद्दा दायर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।