रुसको कुर्स्क क्षेत्रमा ड्रोन आक्रमणमा पाँच जना घाइते

युक्रेनी ड्रोनले रुसको कुर्स्क क्षेत्रमा रहेको रेलवे स्टेशनमा आक्रमण गर्दा पाँच जना घाइते भएका छन् ।
कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले आइतबार दिएको जनाकारी अनुसार ड्रोन रेलवे स्टेशनको छतमा ठोक्किएर छतमा आगो लागेको थियो ।
आक्रमणमा स्टेशनको छत, अग्रभाग र प्लेटफर्ममा क्षति पुगेको छ । आक्रमणपछि भवनमा रहेका सबै ५० यात्रुहरूलाई तुरुन्तै बाहिर निकालिएको गभर्नरले बताएका छन् ।
अघिल्लो दिन मात्र यस किसिमका ड्रोन आक्रमणहरू मस्को र रोस्तोभ क्षेत्रमा रूसी सेनाले इलेक्ट्रोनिक प्रविधि प्रयोग गरेर विफल पारेको बताइएको छ।।

https://ujyaalonepalnews.com/archives/30550

Previous articleखरिद प्रक्रियालाई पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाइनुपर्छ : मुख्य सचिव डा अर्याल
Next articleपिठुवा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।