कालिखोला नजिक सिङ्गै डाँडा खसेर सडक अवरुद्ध, सडक खुलाउन आज दिनभर लाग्नसक्ने

चितवन- मुग्लिङ-नारायणगढ सडकखण्डको कालिखोला नजिक पहिरो खसेर सडक अबरुद्ध भएको छ ।

हिजो राती करिव ८:१५ बजे कालिखोला नजिकको सिङै डाडा सडकमा खसेको र करिव ५० मिटर सडक पुरिएकोले सवारी सुचारु हुन कम्तिमापनी १५ घण्टा भन्दा धेरै समय लाग्ने अनुमान गरिएको छ ।

सडकको लामो भागमा पहिरो खसेको हुँदा सवारी साधन समेत पुरिएको हुनसक्ने आशंका गरिएको छ । अहिले दुवैतर्फबाट पहिरो सफा गर्न स्काभेटर तयारी अवस्थामा राखिए पनि रातिको समय र माथीबाट ढुंगा खसिरहेका कारण काम सुचारु भएको छैन ।

https://ujyaalonepalnews.com/archives/30580

Previous articleराष्ट्रिय दलहरुको बैठक: संसद् अवरोध हटाउने सहमति
Next articleपाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।