कालिखोला नजिक सिङ्गै डाँडा खसेर सडक अवरुद्ध, सडक खुलाउन आज दिनभर लाग्नसक्ने

0
18

चितवन- मुग्लिङ-नारायणगढ सडकखण्डको कालिखोला नजिक पहिरो खसेर सडक अबरुद्ध भएको छ ।

हिजो राती करिव ८:१५ बजे कालिखोला नजिकको सिङै डाडा सडकमा खसेको र करिव ५० मिटर सडक पुरिएकोले सवारी सुचारु हुन कम्तिमापनी १५ घण्टा भन्दा धेरै समय लाग्ने अनुमान गरिएको छ ।

सडकको लामो भागमा पहिरो खसेको हुँदा सवारी साधन समेत पुरिएको हुनसक्ने आशंका गरिएको छ । अहिले दुवैतर्फबाट पहिरो सफा गर्न स्काभेटर तयारी अवस्थामा राखिए पनि रातिको समय र माथीबाट ढुंगा खसिरहेका कारण काम सुचारु भएको छैन ।

https://www.ujyaalonepalnews.com/archives/30580

Previous articleश्रावण शुक्ल पञ्चमी: नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै
Next articleनारायणगढ-मुग्लिन सडक सुचारु हुन अझै चार घण्टा बढी समय लाग्ने