गुल्मीमा प्रहरीद्धारा ठूलो परिमाणमा गाँजा फडानी र नष्ट

गुल्मी- जिल्ला प्रहरी कार्यालय गुल्मीले गाँजा फडानी गर्ने अभियानलाई तिब्रता दिएको छ । प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० को सिमीचौरका बिभिन्न ठाउँमा भएको अबैध गाँजालाई फडानी गर्नुका साथै नष्ट समेत गरेको हो ।

समुदाय–प्रहरी साझेदारी कार्याक्रम अनुसार सिमीचौरमा ६ सय गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताउनुभयो । प्रहरीले सिमीचौरका विभिन्न ठाउँमा प्राकृतिक रुपमा उम्रेका ६ सय अबैध गाँजाका बोटहरु फडानी स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको हो ।

लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि गाँजा नष्ट गर्ने अभियान सञ्चालन गरेको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । सामाजिक बिकृति रोक्ने उदेश्यले यो अभियानले टोल टोल सम्म लैजान थालिएको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले बताउनुभयो ।

गाउँमा पशुचौपाय विरामी हुँदा गाँजा खुवाउँदा ठिक हुने भएकाले गाँजाको बव्ट हुर्काएको स्थानीय बताउँछन् । तर प्रहरीले पशुचौपायका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका बोट राख्नु र हुर्काउनु अवैध भएकाले फडानी गरिएको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।

जिल्लामा व्यवसायिक रुपले गाँजा खेती गरेको पाइएको छैन् । पशुचौपाया बिरामी पर्दा औषधी बनाउन तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजाको प्रयोग गर्ने गर्दछन् । स्कुल तथा क्याम्पसमा पढ्ने बिद्यार्थी दुर्व्यसनीमा फस्दै गएको गुनासो वढ्न थालेसँगै प्रहरीले निगरानी समेत बढाएको छ ।

https://ujyaalonepalnews.com/archives/30587

Previous article१३ कलेजो सफल प्रत्यारोपण, एक हजार बढीको मिर्गौला प्रत्यारोपण
Next articleसंसद्को गतिरोध अन्त्यका लागि राष्ट्रपतिले सबै राजनीतिक दलका नेताहरुसँग छलफल गर्नुहुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।