मोरङ- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सुशासन र आर्थिक विकासका लागि दुई ठुलादलहरु मिल्नुपर्ने धारणा सार्वजनिक गर्नु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले मुलुकमा सुशासन,आर्थिक विकासका लागि (नेपाली कांग्रेस र एमाले ) दुई ठूलादल मिलेर आगाडि बढ्नुपर्नेमा दुई मत नरहेको धारणा राख्नु भएको हो ।
मुख्य दुई ठुलादलहरु नमिल्दा कोशीमा राजनीतिक अस्थिरताको चिन्ता बढाएको भन्दै ओलीले कोशी प्रदेशमा सरकार निर्माणका सम्बन्धमा भइरहेका राजनीतिक गतिविधिप्रति असन्तुष्टी व्यक्त गर्नुभयो । उहाँले एमाले सरकार निर्माण गर्नेतर्फ ध्यान नदिएको भन्दै राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासतर्फ केन्द्रित रहेको बताउनु भयो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले मुलुकको इज्जत जोगाउन तथा अर्थतन्त्र र आर्थिक उन्नतिका लागि तस्करी नियन्त्रण अति आवश्यक रहेको जोड दिनुहुँदै तस्करीका कारण मुलुकको विकासमा बाधा उत्पन्न हुने भएकाले यसलाई अविलम्ब रोक्नुपर्ने बताउनु भयो ।
https://ujyaalonepalnews.com/archives/30714


