तमोर र कमला नदीमा जलसतह खतरा तह आसपास, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौं- तमोर नदीको जलसतहले खतरा तह पार गरको छ । बढ्दो क्रममा समेत रहेकाले धनकुटाको तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

यसैगरी कमला नदीमा पनि जलसतह खतरा तह आसपास पुगेकाले धनुषा र सिराहाको तटीय क्षेत्रमा बेलुका सम्मै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ । पर्सा, चितवन, सिन्धुपाल्चोक, मकवानपुर, बारा र आसपासका क्षेत्रमा आज बिहान भारी बर्षा मापन भएको छ ।

यसैबीच कोशी र मधेश प्रदेशका एक दुई स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ ।

साथै नेपालमा भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भुभागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/30724

Previous articleएचआइडिसिएलले चार जलविद्युत् आयोजनामा १३ अर्ब ऋण लगानी गर्ने
Next articleबागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।