Home Uncategorized प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रधानमन्त्रीसँग सांसदहरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रधानमन्त्रीसँग सांसदहरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची तय गरिएको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/30788

Previous articleसमाजवादी मोर्चाले पोखरामा सन्देशसभा आयोजना गर्ने
Next articleहार्दिकता बढाएको संसदीय समिति निर्वाचन…
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।