गुल्मी अस्पतालमा बालिकाको मृत्यु पछि तनावग्रस्त

0
45

गुल्मी- गुल्मी अस्पतालमा उपचारत एक जना बालिकाको मृत्यु भएपछि अस्पतालमा तनावग्रस्त भएको छ ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडानम्बर ७ काउले निवासी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलवार बिहान मृत्यु भएको हो ।

बालिकाको मृत्यु भएपछि आफन्तले अस्पतालको चरम लाहापरवाहीको कारणले मृत्यु भएको भन्दै अस्पतालमा तनावग्रस्त भएको छ । बालिकालाई सोमबार उपचारको लागि गुल्मी अस्पतालमा भर्ना गरिएको थियो ।

सामान्य पेट दुखेर अस्पताल ल्याइएको बालिकाको दिउँसो बान्ता गरेपछि अस्पतालमा भर्ना गरिएको बिरामीका आफन्तले बताएका छन् । बालिकाको के कारणले मृत्यु भएको हो भन्ने बारेमा कारण पत्ता लागेको छैन् ।

बिरामीका आफन्तले अस्पतालकाको कम्जोरीका कारणले मृत्यु भएकाले भन्दै मृत्युको कारणको माग गरेका छन् । बिरामीको मृत्युको कारण पत्ता नलागेको उपचारमा खटिएका चिकित्सको भनाई छ ।

अस्पतालका प्रखुख डाक्टर राजेन्द्र जिसीले बालिकालाई बान्ता भएर भर्ना गरेपनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताउनुभयो । अस्पतालले लाहावपरवाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन् ।

अस्पतालमा तनावग्रस्त भइसकेपछि अहिले अस्पताल प्रशासन र बिरामीका आफन्त बिच छलफल भइरहेको छ ।

https://www.ujyaalonepalnews.com/archives/30793

Previous articleजलवायु परिवर्तनसम्बन्धी सचेतना फैल्याउन मनाङमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
Next articleपाकिस्तानले सार्वजनिक गर्याे नेपालसँग खेल्ने प्लेइङ ११