पाकिस्तानले सार्वजनिक गर्याे नेपालसँग खेल्ने प्लेइङ ११

0
67

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपालविरुद्ध उत्रने पाकिस्तानी टोलीको टुंगो लागेको छ । पाकिस्तानले मंगलबार प्लेइङ–११ सार्वजनिक गरेको छ । पाकिस्तानले बबर अजामको कप्तानीमा ११ सदस्यीय प्लेइङ ११ को सुची सार्वजनिक गरेको हो ।

टोलीमा मोहम्मद रिजवान, फखर जमान, इमाम उल हक,आघा सलमान र इफ्तिखर अहमद छन् । यस्तै सदाब खान, मोहम्मद नवाज, नसिम शाह, ह्यारिस रौफ र साहिन शाह अफ्रिदी पनि प्लेइङ–११ मा छन् ।

पाकिस्तानले सबै पहिलो रोजाईका खेलाडीलाई उतार्न लागेको हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र पाकिस्तान पहिलोपटक भिड्न लागेका हुन् । नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो ।

https://www.ujyaalonepalnews.com/archives/30813

Previous articleबलात्कार आरोपमा तनहुँमा प्रधानाध्यापक थापा पक्राउ
Next articleविभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सकियो एमाले सचिवालय बैठक