अमेरिकी सिनेटर होलेन नेपाल भ्रमणमा

Click Image

काठमाडौँ- सयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन आज नेपाल भ्रमणमा आउनुभएको छ ।

आफ्नो भ्रमणका क्रममा उहाँले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न भेटवार्ता गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले नेपालका सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्नुहुनेछ ।

https://ujyaalonepalnews.com/archives/30936

Previous articleउपप्रधानमन्त्री खड्का अस्पताल भर्ना
Next articleहेटौडाको सामुदायिक वनमा मानव कंकाल फेला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।