मदिरा उत्पादन र विक्री गर्न पाउनुपर्ने मागसहित नगरपालिकामा ज्ञापनपत्र

नवलपुर- पुर्वी नवलपरासीको नवलपुर गैँडाकोट नगरपालिकामा घरेलु मदिरा उत्पादन र विक्री गर्न पाउनुपर्ने मागसहित नेपाल मगर संघ नगर समितिले ज्ञापनपत्र बुझाएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटले केहिदिन अघि नगरको ढोडेनी क्षेत्रबाट बरामद गरेको ५ सय २० लिटर घरेलु मदिरा स्थानीय जनप्रतिनिधीको रोहबरमा नष्ट गरेपछि मगर संघले आपत्ति जनाएको हो । नेपाल मगर संघ नगर समिति गैँडाकोटका अध्यक्ष दुर्गा बहादुर मसराङ्गी मगरको नेतृत्वमा आज नगरपालिका प्रमुख मदनभक्त अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।

स्थानीय स्तरमा उत्पादन भएको मदिरालाई बैधानिक बनाउनुपर्ने उनीहरुको माग छ । स्थानिय मदिरालाई बैधानिक र व्राण्डींग बनाउने विषय सरकारले उठाएता पनि यसलाई कार्यान्वयन अझै ल्याउन नसकेको भन्दै नेपाल मगर संघ गैडाकोटको गुनासो छ ।

विज्ञप्तीमा गैँडाकोट नगरका वडा नं. ३, १४ र १८ का विभिन्न क्षेत्रमा बसोबास गर्ने नगरवासीहरु आर्थिक रुपमा कमजोर रहेको भन्दै स्थानीय सरकारले कानून बनाएर जनताको बाँच्न पाउने अधिकारको संरक्षण गर्न माग गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/30948

Previous articleएमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा
Next articleटायल र मार्वलको विकल्प बन्दै ताराखोलाको स्लेट ढुङ्गा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।