रसुवाबाट एक किलो सुनसहित महिला पक्राउ

रसुवा- चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याईएको एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गोसाईकुण्ड गा.पा. वडा नम्बर ३ बस्ने ४१ बर्षीया पाछेमु तामाङ (गुरुङ) रहेको रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

नेपाल–चीन सिमानामा पर्ने रसुवागढीस्थित मितेरी पुलमा नेपाल प्रहरि, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ्ग टोलीले नियमित चेकजाँचको क्रममा उनीलाई एक किलो सुनसहित नियन्त्रणमा लिएको डिएसपी बुढाथोकीले बताउनुभयो ।

लुकाई छिपाई चारवटा टुक्रा पारी ल्याएको अन्दाजी एक केजी सुन चीनबाट नेपालतर्फ पैदल आउँदै गर्दा मितेरी पुलबाटै बरामद गरिएको हो । बरामद सामानसहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/30979

Previous articleएमालेको लडाइँ विकास र समृद्धिका विरोधीसँग: एमाले अध्यक्ष ओली
Next article‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।