अपाङ्गता भएकी बालिकालाई बलात्कारको आरोपमा चितवनका शिक्षक पक्राउ

चितवन, भदौं १७- माडीको बाँदरझुलामा १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । बाँदरझुलाको सगरमाथा विद्यालयमा पढाउने ४२ वर्षीय हरिबहादुर हरिजन पक्राउ परेका हुन् ।

उनले बालिकालाई ललाईफकाई आफ्नै घरमा लगेर बलात्कार गरेको स्थानीय र परिवारको आरोप छ । बलात्कारपछि बालिका रुँदै घर आएपछि परिवारले घटनाबारे जानकारी पाएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले बालिका नबोल्ने भएकोले छानबिनमा समस्या परेको बताइन् । बालिका अहिले माईती नेपालमा आश्रय लिइरहेकी छन् ।

https://ujyaalonepalnews.com/archives/30988

Previous articleहेलो सरकार २४सै घण्टा सञ्चालनमा, प्रधानमन्त्रीद्वारा समुद्घाटन
Next articleसिरहाकी मिटरब्याजी सुजाता साह जेल चलान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।