बिद्यालयबाट घर फर्किने क्रममा बाढीले बगाएर दाजु बहिनीको मृत्यु

रुकुम पश्चिम- रुकुम पश्चिमको चौरजहारीमा बाढीले बगाउँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । आइतबार हावाहुरी सङ्गै परेको पानीका कारण स्थानीय न्याउला खोलामा आएको बाढीले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चौरजहारी नगरपालिका वडानम्बर -६, घर्तीकाँडाका ८ वर्षीय मनोज बुढाथोकी र ४ वर्षीया भावना बुढाथोकी रहेका छन् । मृतक दुइ बालबालिका एकै घरका दाजु बहिनी हुन् ।

आधारभूत बिद्यालय घर्तीकाँडाबाट घर फर्किने क्रममा दाजु बहिनीलाई बाढीले बगाएर मृत्यु भएको प्रहरीको भनाइ छ ।

यसैबीच आइतबारको हावाहुरीले जिल्लाका अधिकांश किसानको मकै खेतीमा ठूलो क्षति गरेको छ । पाक्नै लागेको मकै बाली नष्ट हुँदा किसान चिन्तित बनेका छन् ।

https://ujyaalonepalnews.com/archives/31013

Previous articleभारतविरुद्ध नेपालले प्रहार गर्ने प्रत्येक छक्काबापत एक लाख दिने अर्ना बियरको घोषणा
Next articleआइसीसी महिला टी-ट्‍वान्टी विश्वकपः कतारलाई नौ विकेटले हराउँदै नेपाल सेमिफाइलमा प्रवेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।