ऐंचो पैंचो’ काे टिम चितवन आउँदा दर्शकको तछाड मछाड

रत्ननगर, भदौ १८ । भदौ १४ गते देखी प्रदर्शनमा आएको फिल्म ‘ऐंचो पैंचो’टिम यतिखेर मोफसल यात्राामा निस्किएको छ । मोसलका दर्शक र संचारकर्मी लाई भेट्न साथै फिल्मको प्रतिकृयाको लागि कलाकार बर्षा राहुत,सुशिल सिटौला निर्देशक कृषा चौलागाईं निर्माता बिशाल चौलागाई छायाँकार पुरुषोत्तम प्रधान आज (सोमबार) चितवन आएका हुन ।

चितवनको म्याङ्गो जन ज्योति हलमा पुगेका टिमले फिल्म हेर्न आएका दर्शकको घुईचो देखेर दङ्ग परे । दर्शकहरुपनी ‘ऐंचो पैंचो’का कलाकार सँग फोटो र भिडियो लिन तछाड मछाड गर्दै थिए ।

निर्देशक चौलागाईंले चितवनका दर्शकले दिएको साथ र फिल्मको सकारात्मक प्रतिकृयाले आफु खुशी भएको बताउछिन । चितवनपनी फिल्मको राम्रो सम्भाबना बोकेको ठाउँ भएकोले पनि यहाँका दर्शकले देखाउनु भएको मायाले हामी चितवन सम्म आयौँ ।

नायिका बर्षा राहुतले पनि चितवनका दर्शकलाई प्रत्यक्ष भेट्न पाउदाँ निकै खुशी भएको बताईन ।बर्षाले थप्दै भनीन ”मेरो क्यारेक्टर भनेको एउटा घर, परिवार र समाज बुझ्ने पढेलेखेको क्यारेक्टर भएको उक्त क्यारेक्टरलाई दर्शकले मन पराईदिनु भएको सबैलाई धन्यवाद दिईन ।

कलाकार सुशिल सिटौलाले पनि आफुले निभाएको ‘सिते’ क्यारेक्टरलाई निकै मन पराएको कुरा ब्यक्त गर्छन् । उता निर्माता बिशाल चौलागाईले चितवनवासीले दिएको मायाले आफु निकै सन्तुष्टी भएको बताउछन । फिल्मको टिम चितवनका दर्शक भेटघाटपछी पुर्वतिर लागेको छ।

फिल्ममा बर्षा, सुशिल सँगै स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह(निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी ९प्रनव० प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

https://ujyaalonepalnews.com/archives/31027

Previous articleएशिया कप क्रिकेटः नेपालद्वारा भारतलाई २३१ रनको लक्ष्य
Next articleभद्रकाली माविका ११ जना विद्यार्थीको कालिका मोटरसाइकल पार्टस द्वारा अभिभावकत्व ग्रहण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।