एमाले लुम्बिनी अधिवेशन : ९६५ मत खस्यो, मतगणना सुरु, रातिसम्म परिणाम आउने

बुटवल- नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतगणना सुरू भएको छ । कूल १००४ मतदाता मध्ये ९६५ मत खसेको निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले जानकारी दिनुभयो।

भदौं १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल प्रतिस्पर्धामा रहनु भएको छ ।

लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको थियो । उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ ।

उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ । आज राति अवेरसम्म मतपरिणा आइसक्ने बताइएको छ ।

https://ujyaalonepalnews.com/archives/31063

Previous articleसंघीय निजामती कर्मचारी सेवा ऐन ल्याउने सरकारको अन्तिम तयारी
Next articleविश्वासको मतसम्बन्धी विवाद हेर्दाहेर्दैमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।