Home Uncategorized क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी

क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी तोकिएको छ। पटकपटक बहस स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौँले लामिछानेको मुद्दामा आजका लागि फैसला पेसी तोकेको हो।

भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।

सन्दीप एसिया कप खेलेर बुधवार मात्रै स्वदेश फर्किएका हुन्।

१७ वर्षीया एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटेलमा लगेर पटकपटक बलात्कार गरेको भन्दै गतवर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

https://ujyaalonepalnews.com/archives/31130

Previous articleजनकपुरमा व्यापारः सयभन्दा बढी पसल बन्द, यसरी निम्तियो सङ्कट
Next articleकाठमाडौं महानगरका वडाध्यक्ष रिजालको डेंगी संक्रमणबाट निधन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।