माछा मार्ने क्रममा करेन्ट लागेर स्याङ्जामा एकको मृत्यु

स्याङ्जा- माछा मार्ने क्रममा करेन्ट लाग्दा स्याङ्जामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ् नगरपालिका ६ आमडाली बस्ने ३६ बर्षिया यम बहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

वालिङ् नगरपालिका ६ मा रहेको रसखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा रातको करिब २:१० थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी पावल सिंह लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार माछा मार्नको लागि ५ जनाको टोलि गएको बुझिएको छ । संगै गएका अन्य चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माछा मार्न गएका व्यक्तिहरूले माछा मार्न प्रयोग गरेको तार, रड र बाँसको भाटासहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । शव पोष्ट मार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाईएको र थप अनुसन्धान कार्य जारी रहेको सूचना अधिकारी थापाले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/31166

Previous articleकोशीमा कार्कीको ‘कमब्याक’: पटक पटक संविधानको एउटै धारा प्रयोग गर्न नहुने सर्वोच्चको व्याख्या
Next articleआज अन्तर्राष्ट्रिय साक्षरता दिवस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।