Home Uncategorized तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ: मुख्यमन्त्री कार्की

तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ: मुख्यमन्त्री कार्की

मोरङ- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री पदको शपथ लिएपछि प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उहाँले सबै दल एवं जनताको चाहना मध्यावधि निर्वाचन आवश्यक छैन भन्ने रहेकाले आगामी ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्ने दाबी गर्नुभयो ।

उहाँले वर्तमान सरकारले विश्वासको मत प्राप्त गरी अगाडि बढ्ने र त्यसको विकल्प नरहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) लगायतका पार्टीले सरकारमा सहभागी भएर वा बाहिरबाट आफ्नो सरकारलाई समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सबै दलको सहभागितामा सर्वदलीय सरकार निर्माण गर्ने कार्यमा पहल गर्ने बताउनुभयो । उहाँले वर्तमान सरकार एक महिना नभई चार वर्ष सञ्चालन हुने दाबी गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/31178

Previous articleलुम्बिनी प्रदेशसभाबाट प्रदेश निजामती बिधेयक पारित
Next articleरोकिराखेको ट्रकमा बस ठोक्किंदा सातजनाको मृत्यु, ३० जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।