माउन्टेन भ्यु तेकवान्दो डोजांग राप्तीमा जुनियर ग्रेडिंग सम्पन्न (फोटोफिचर)

0
120

उज्यालो नेपाल – माउन्टेन भ्यु तेकवान्दो  डोजांग राप्ती चितवनमा जुनियर ग्रेडिंग (पेटी परिक्षा) शनिवार एक विशेष कार्यक्रम बिच सम्पन्न भएको छ।

उक्त ग्रेडिंगमा ह्वाईट बेल्ट देखि एल्लो ग्रिन बेल्ट सम्मका खेलाडीहरुको ग्रेडिंग भएको थियो।  १०० जना खेलाडी सहभागी रहेको उक्त ग्रेडिंग डोजांग प्रमुख तथा प्रशिक्षक गणेश बहादुर श्रेष्ठले लिएका थिए।

राप्ती वडा नं. ६ मा रहेको भण्डारा नमुना माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न ग्रेडिंग कार्यक्रममा वडासदस्य सहदेव सेढाईको प्रमुख अातिथ्य रहेको थियो । त्यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर सारु मगर, प्रधानाध्यापक कुमार लामा, चितवन जिल्ला तेक्वान्दो संघक पदाधिकारी, खेलाडी, अभिभावक, पत्रकार लगायत खेलप्रेमी महानुभावहरुको उल्लेख्य उपस्थिती रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सेढाईले खेलकुद क्षेत्रमा तेकवान्दो खेलले अग्रणी भूमिका निर्वाह गरेको सबै सामु छर्लंग रहेको बताउँदै उत्तीर्ण हुन सफल खेलाडीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रमका सभापती समेत रहेका डोजांग प्रमुख तथा प्रशिक्षक गणेश बहादुर श्रेष्ठले तेकवान्दोको लागी चितवन उर्वर भुमी रहेको बताउँदै चितवनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा देशको नाम चिनाउने खेलाडी उत्पादन गरेको बताए।

तेकवान्दोमा छैटौं डान समेत रहेका प्रशिक्षक तथा एक्जामिनर श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाएका छन् । २०६५ सालमा काठमाण्डौमा सम्पन पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा श्रेष्ठले द्वितिय स्थान हासिल गरेका थिए ।

https://www.ujyaalonepalnews.com/archives/31213

Previous articleमोरक्कोमा शक्तिशाली भूकम्प, २९६ को मृत्यु, कैयौं घाइते
Next articleप्रधानमन्त्रीको चीन भ्रमण : विगतका सहमति कार्यान्वयन र विश्वासिलो सम्बन्ध विस्तारमा जोड