नेम्वाङको निधनले आफू मर्माहतः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत भएको बताउनुभएको छ ।

आज बिहानै हृदयघातका कारण नेम्वाङको निधन भए लगत्तै ट्वीट गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । ट्वीटमा उहाँले दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/31263

Previous articleनेम्वाङको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
Next articleनेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध: सभापति देउवा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।