भोलि बिहीबार सार्वजनिक बिदा

0
69

काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी भोलि बिहीबार बिदा हुने जनाएको हो ।

वर्तमान प्रतिनिधिसभासदस्यसमेत रहनु भएका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो । त्यो दिन सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

https://www.ujyaalonepalnews.com/archives/31284

Previous article६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, आज सरकारी वकिललाई बुझाइने
Next articleनेम्वाङको शवयात्रा निवासबाट सुरु