प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उहाँहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालय भटवार्ता भएको हो ।

भेटमा नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

साथै, नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच छलफल भएको छ ।

महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको छ ।

आजदेखि सुरू हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार न्युयोर्क प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोलीमा सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता छ ।

https://ujyaalonepalnews.com/archives/31434

Previous articleविकसित राष्ट्रलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्रीको अपिल
Next articleसांसदसँगः राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ: सांसद सन्तोष परियार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।