तीजको नाचगानमा झडप हुँदा एक युवकको मृत्यु

पाल्पा- पाल्पामा कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका वडा नम्बर २, घोडेबाँसका २४ वर्षका सुनिल खत्री रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति १० बजेतिर तीजको नाचगान गर्ने क्रममा स्थानीय युवाबीच झैझगडा हुँदा गम्भीर घाइते भएका थिए । घाइते खत्रीको सोमबार राति लुम्बिनी प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

कुटपिटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/31443

Previous articleअन्तर्वार्ता– सन्दर्भ संविधान दिवस: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे
Next articleतिज पर्व : आधुनिकताले मौलिकता हराउँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।