एन्टिबायोटिक औषधी प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन

0
61

काठमाडौं- सरकारले एक सय तीन प्रकारका एन्टिबायोटिक (प्रतिजैविक प्रतिरोध) औषधी प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि ती औषधीको प्रयोगका लागि सिफारिस नगरेको ‌औषधी व्यवस्था विभागले जनाएको छ । ती प्रतिजैविक औषधीको प्रयोग गर्न औचित्य नभएको समेत ‍औषधी व्यवस्था विभागले जनाएको छ ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्न प्रयोगमा नल्याउन निर्देशन दिएको बताउनु भयो ।

डलब्चुएचओले प्रयोगमा नल्याउने भनेर तोकेको एक सय तीन प्रकारका प्रतिजैविक औषधीको सूची प्रकाशन गरेको र ‘ती औषधीको दर्ता र प्रयोगका लागि अनुमति नदिइने ढकालले जानकारी दिनु भयो ।

विभागमा दर्ता भएका त्यस्ता प्रकारका प्रतिजैविक औषधीको कच्चा पदार्थ तथा प्राइमरी र सेकेण्डरी प्याकिङ सामग्री मौज्दात विभागमा पेस गर्ने र निर्णय भएको मितिबाट लागू हुने गरी स्वदेशी उद्योगले त्यस्ता प्रकारका औषधीको थप उत्पादन नगर्ने र आयातकर्ताले पनि सो औषधीको थप आयात कार्य नगर्न अनुरोध गरिएको ‍औषधी व्यवस्था विभागले जनाएको छ।

https://www.ujyaalonepalnews.com/archives/31453

Previous articleस्वास्थ्यमन्त्रीको आश्वासनपछि चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले तोड्यो अनशन
Next articleसंविधानले समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ: सभापति देउवा