साइपाल गाँउपालिकाको सबै वडामा खाद्यान्न

0
76

बझाङ । सडक सञ्जालसँग नजोडिएको बझाङको सबैभन्दा विकट मानिएको साइपाल गाउँपालिका सबै वडामा खाद्यान्न पुगेको छ । गाउँपालिकाको वडा नम्बर १, २, ३,४ र ५ को वीचमा पर्ने पानी लोट्यामा बाक्लो हिमपात जमेका कारण बाटो अबरुद्ध भएको हो ।

वडा नम्बर १ र २ मा प्रसस्त खाद्यान्न भए पनि केही दिन अघि गाँउपालिकाको वडा नम्बर ३, ४ र ५ मा खाद्यान्न अभावका कारण भोकमरी हुने सम्भावना थियो । उक्त खाद्यन्न अभाव हुन नदिन गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामी र सांसद आशा विकको विषेश पहलमा नेपाल सरकारले गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत् गत शनिबार २५ क्युन्टल, २० केजी खाद्यान्न ढुवानी गरेको थियो ।

प्रतिव्यक्ति ३ केजीका दरले वितरण गरेको उक्त खाद्यान्न हिजो आइतबार धलौनबाट भेडामार्फत् ढुवानी गरेर २८ क्युन्टल थप खाद्यान्न धुली पुगेर वितरण गरिएको खाद्य संस्थानका कर्मचारी राजन धमेनाले बताए ।

झन्डै ३ किलो मिटरमा हिउँ जमेर खच्चड जान सक्ने अवस्था छैन । भेडाबाट ढुवानी गर्नुपर्ने भएकाले समयमा नै खाद्यान्न पुर्याउन नसकेर हेलिकोपटरमार्फत् ढुवानी गर्नुपरेको थियो । अहिले भेडामा ढुवानी गरेर गाँउपालिकाका सबै वडामा खाद्यान्न पुगेको गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो ।

अहिले वडा नम्बर ५ मा ३५ परिवारका लागि ८ क्युन्टल १० किलो चामल पुगिसकेको छ भने यस्तै धुली बलौडीका लागि हेलीकोप्टर मार्फत् ढुवानी भएको चामल प्राप्त नभएकाले थप २८ क्युन्टल चामल पुगेर वितण भैरहेको स्थानीय बासिन्दा कृपराज जोशीले बताए । काँडामा भने चामल प्राप्त भएर २० कट्टा वितरण नभएर थन्किएको डीपोका कर्मचारी धमेनाले बताए । बुधबारसम्म धुलीमा थप २८ क्युटन चामल पुग्ने उनको भनाइ छ ।

भोकमरी हुने भन्दै चिन्तामा परेका यहाँका स्थानीय बासिन्दाको घरमा नै खाद्यान्न पुगेपछि गाँउले खुशी भएका गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताए । १२ महिनामा काम गरेर ३ महिना पनि राम्रोसँग खान नपुग्ने यस गाँउपालिकामा प्रत्येक वर्ष खाद्यान अभाव हुने गरेको उनको भनाइ छ । अधिकांश समय हिमपात हुने भएका कारण बाटोसमेत अबरुद्ध भएर खाद्यान्न अभाव हुने गरेको हो ।

साईपाल गाउँपालिकामा खाद्यान्न ढुवानीको जिम्मा ठेक्का मेरो कन्टक्सन डोटी दिपायलले लिएको छ । गाउँपालिकामा एक हजार क्युटल चामल ढुवानी गर्नुपर्ने छ । अहिलेसम्म ५ सय क्युन्टल साइपाल गाउँपालिकामा ढुवानी भइसकेको छ भने यस्तै एक सय क्युन्टल चामल तल्कोट गाँउपालिकाको स्याडामा रहेको छ ।

जसमध्ये वडा नम्बर १ र २ का लागि ३ सय १६ क्युन्टल, ६० केजी वितरण भएको छ । बाँकी वडा नम्बर ३ मा ३५ क्युन्टल, वडा नम्बर ४ मा २८ क्युन्टल र वडा नम्बर ५ मा ८ क्युन्टल १० केजी वितरण भइसकेको छ । खाद्यान्न अभाव भएको वडा नम्बर ४ र ५ का लागि थप १ सय ५० क्युन्टल चामल साइपाल गाँउपालिकबा वडा नम्बर २ को वडा कार्यालयमा राखिएको र अहिले भेडा मार्फत् ढुवानी गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

The post साइपाल गाँउपालिकाको सबै वडामा खाद्यान्न appeared first on Rajdhani Daily News.

आँखा पाक्ने रोगको प्रकोप: खैरहनीका विद्यालय थप २ दिन बिदा

Previous articleशिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथग्रहण
Next articleकांग्रेस सरकार ढाल्ने पक्षमा छैन : उपसभापति निधि