साइपाल गाँउपालिकाको सबै वडामा खाद्यान्न

बझाङ । सडक सञ्जालसँग नजोडिएको बझाङको सबैभन्दा विकट मानिएको साइपाल गाउँपालिका सबै वडामा खाद्यान्न पुगेको छ । गाउँपालिकाको वडा नम्बर १, २, ३,४ र ५ को वीचमा पर्ने पानी लोट्यामा बाक्लो हिमपात जमेका कारण बाटो अबरुद्ध भएको हो ।

वडा नम्बर १ र २ मा प्रसस्त खाद्यान्न भए पनि केही दिन अघि गाँउपालिकाको वडा नम्बर ३, ४ र ५ मा खाद्यान्न अभावका कारण भोकमरी हुने सम्भावना थियो । उक्त खाद्यन्न अभाव हुन नदिन गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामी र सांसद आशा विकको विषेश पहलमा नेपाल सरकारले गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत् गत शनिबार २५ क्युन्टल, २० केजी खाद्यान्न ढुवानी गरेको थियो ।

प्रतिव्यक्ति ३ केजीका दरले वितरण गरेको उक्त खाद्यान्न हिजो आइतबार धलौनबाट भेडामार्फत् ढुवानी गरेर २८ क्युन्टल थप खाद्यान्न धुली पुगेर वितरण गरिएको खाद्य संस्थानका कर्मचारी राजन धमेनाले बताए ।

झन्डै ३ किलो मिटरमा हिउँ जमेर खच्चड जान सक्ने अवस्था छैन । भेडाबाट ढुवानी गर्नुपर्ने भएकाले समयमा नै खाद्यान्न पुर्याउन नसकेर हेलिकोपटरमार्फत् ढुवानी गर्नुपरेको थियो । अहिले भेडामा ढुवानी गरेर गाँउपालिकाका सबै वडामा खाद्यान्न पुगेको गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो ।

अहिले वडा नम्बर ५ मा ३५ परिवारका लागि ८ क्युन्टल १० किलो चामल पुगिसकेको छ भने यस्तै धुली बलौडीका लागि हेलीकोप्टर मार्फत् ढुवानी भएको चामल प्राप्त नभएकाले थप २८ क्युन्टल चामल पुगेर वितण भैरहेको स्थानीय बासिन्दा कृपराज जोशीले बताए । काँडामा भने चामल प्राप्त भएर २० कट्टा वितरण नभएर थन्किएको डीपोका कर्मचारी धमेनाले बताए । बुधबारसम्म धुलीमा थप २८ क्युटन चामल पुग्ने उनको भनाइ छ ।

भोकमरी हुने भन्दै चिन्तामा परेका यहाँका स्थानीय बासिन्दाको घरमा नै खाद्यान्न पुगेपछि गाँउले खुशी भएका गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताए । १२ महिनामा काम गरेर ३ महिना पनि राम्रोसँग खान नपुग्ने यस गाँउपालिकामा प्रत्येक वर्ष खाद्यान अभाव हुने गरेको उनको भनाइ छ । अधिकांश समय हिमपात हुने भएका कारण बाटोसमेत अबरुद्ध भएर खाद्यान्न अभाव हुने गरेको हो ।

साईपाल गाउँपालिकामा खाद्यान्न ढुवानीको जिम्मा ठेक्का मेरो कन्टक्सन डोटी दिपायलले लिएको छ । गाउँपालिकामा एक हजार क्युटल चामल ढुवानी गर्नुपर्ने छ । अहिलेसम्म ५ सय क्युन्टल साइपाल गाउँपालिकामा ढुवानी भइसकेको छ भने यस्तै एक सय क्युन्टल चामल तल्कोट गाँउपालिकाको स्याडामा रहेको छ ।

जसमध्ये वडा नम्बर १ र २ का लागि ३ सय १६ क्युन्टल, ६० केजी वितरण भएको छ । बाँकी वडा नम्बर ३ मा ३५ क्युन्टल, वडा नम्बर ४ मा २८ क्युन्टल र वडा नम्बर ५ मा ८ क्युन्टल १० केजी वितरण भइसकेको छ । खाद्यान्न अभाव भएको वडा नम्बर ४ र ५ का लागि थप १ सय ५० क्युन्टल चामल साइपाल गाँउपालिकबा वडा नम्बर २ को वडा कार्यालयमा राखिएको र अहिले भेडा मार्फत् ढुवानी गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

The post साइपाल गाँउपालिकाको सबै वडामा खाद्यान्न appeared first on Rajdhani Daily News.

मलेसियामा पूर्व गृहमन्त्री मोहिइद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिए

Previous articleकाठमाडौँमा विद्युत्का तार भूमिगत बनाउने काम शुरु : अब शहर कुरुप हुँदैन- प्रधानमन्त्री
Next articleजनप्रतिनिधि नै छुवाछूतबाट पीडित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।