नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ: परराष्ट्रमन्त्री साउद

न्यूयोर्क- परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताउनुभएको छ । मङ्गलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उहाँले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पार्नुभएको हो ।

परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराउनुभएको छ । ७८औँ राष्ट्रसङ्घीय महासभामा न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री साउदले भेटघाटलाई तीव्रता दिनुभएको छ ।

https://ujyaalonepalnews.com/archives/31509

Previous articleसंविधानले सम्झिएका सुशील र सुवास
Next articleराष्ट्रपति पौडेल संविधान दिवसको मूल समारोहको कार्यक्रम सहभागी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।