सरकार र शिक्षक महासङ्घबीच आज बिहान पुनः वार्ता गर्ने सहमति

0
72

काठमाडौँ- विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच बिहिबार भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको छ ।

कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको आजको छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताउनुभयो ।

“सकारात्मक छलफल भएको छ । बिहानको भन्दा अहिले बुँदागत रुपमा छलफल भएको छ । उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर छलफल भएको हो । शुक्रबार छलफल सकरात्मक ढङ्गले टुङ्गिन्छ”, उहाँले भन्नुभयो ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताउनुभयो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाशशरण महत पनि वार्तामा सहभागी हुनुहुन्थ्यो ।

शिक्षक महासङ्घ र सरकारका बीच बिहिबार बिहान पनि वार्ता भएकोमा सहमति जुट्न सकेको थिएन ।

https://www.ujyaalonepalnews.com/archives/31555

Previous articleमहासमिति बैठकको तयारीका लागि कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
Next article१४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरे उद्योगको कारोबार तीन महिना निलम्बन