Home Uncategorized बेसारमा चामलको कनिका मिसाएर बेच्ने व्यापारीलाई दुई लाख जरिवाना

बेसारमा चामलको कनिका मिसाएर बेच्ने व्यापारीलाई दुई लाख जरिवाना

सुनसरी- चामलको कनिका मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई धरान उपमहानगरपालिकाले दुई लाख रुपैया जरिवाना तिराएको छ ।

अनुगमन टोलीको स्थलगत रिपोर्टको आधारमा प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भटटराईले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) वमोजिम २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको बताउनुभयो ।

धरान-११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलमा भदौ २ गते अनुगमन गर्दा बेसारमा चामलको खुदी मिसाएर पिस्दै गरेको फेला परेको थियो । अनुगमन टोलीले तत्काल मिल बन्द गराएर मिसावट गरिएको १३ बोरा बरामद गरी उपमहानगरपालिका लगेको थियो भने ४५ बोरा बेसार मिलमै छोडेको थियो ।

अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार मिल सञ्चालक र व्यापारीले जरिवाना रकम राजश्वमा जम्मा गरेपछि मिसावट गरिएको बेसार नष्ट गरिनेछ । त्यसपछि मात्र मिल पुनः सञ्चालनको अनुमति दिइने सापकोटाले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/31564

Previous articleगुल्मीमा एक दशकपछि टिकट काउन्टर भवन सञ्चालनमा
Next articleबाँकेको बालसुधार गृहमा झडप: एकजनाको मृत्यु, १० घाइते, चार जनाको अवस्था गम्भीर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।