‘हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार’ केसी र सिलवाललाई

काठमाडौं- यस वर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार रुकुमका टेलिभिजन पत्रकार महेश केसी र धादिङका टेलिभिजन पत्रकार शिव सिलवाललाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको एक लाख रुपैया राशिको पुरस्कार टेलिभिजन पत्रकारद्वय केसी र सिलवाललाई प्रदान गरिने भएको हो ।

पुरस्कार छनोट समितिले परेका आवेदनहरुमध्येबाट कान्तिपुर टेलिभिजनमा कार्यरत केसीको ‘विकासमा पछि परेको रुकुमको सिस्ने गाउँपालिका’ र नेपाल टेलिभिजनका सिलवालको ‘पहिरोका कारण पृथ्वीराजमार्गमा यात्रुहरुले पाएको सास्ती’ शीर्षकको समाचार सामग्रीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पुरस्कारका लागि विभिन्न सात टेलिभिजन च्यानलहरुबाट प्राप्त कुल ३५ वटा सामग्री सहितका आवेदन मध्येबाट पुरस्कृत छानिएको हो ।

विज्ञ आमसञ्चारकर्मी दिलभुषण पाठक र निर्मला आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जंग शाह, समाचार प्रमुख पुष्पहरि क्याम्पा राई एवम् प्रतिष्ठान शाखाका अध्यक्ष दीपक जंग हमाल सहितको पुरस्कार छनोट समितिले परेका आवेदनहरु मध्येबाट विजेताको छनोट गरेको हो ।

नेपाल टेलिभिजनका पत्रकारद्वय हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापित एक लाख रुपैंया राशीको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०६४ सालदेखि प्रत्येक वर्ष असोज ७ गते साहसिक पत्रकारिता गर्ने पत्रकारलाई प्रदान गरिंदै आएको छ ।

“व्यक्तिगत सुरक्षा पहिलो प्राथमिकता” भन्ने नारा दिइएको यस वर्षको पुरस्कार आज नेपाल टेलिभिजनमा विशेष समारोहको आयोजना गरी वितरण गरिने छ ।

https://ujyaalonepalnews.com/archives/31578

Previous articleरत्ननगरको टिकौली जंगलमा बोलेरो र मिनिबस ठोक्किदा १४ घाईते
Next article१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।