जबर्जस्ती करणी गरी फरार बनेका राना पक्राउ

बारा- बाराको निजगढ नगरपालिका-१२ रतनपुर निवासी ११ बर्षिय बालिकालाई शुक्रबार साँझ जबर्जस्ती करणी गरी फरार बनेका ६० बर्षिय राना साईला भन्ने सोम बहादुर लुम्बा पक्राउ परेका छन् ।

आमा घर बाहिर काम गर्न गएको अवस्थामा अपाङ्ग बालिकालाई जबर्जस्ती करणी गरी फरार बनेका रानालाई उनकै भिनाजुको घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

घटनाको सुचना प्राप्त हुनासाथ रतनपुर पोस्ट र ईलाका प्रहरी निजगढबाट खटेको टोलीले रगत बगेको अवस्थामा बालिकाको उद्धार गरी उपचारको लागी प्रादेशिक अस्पताल कलैया बारा पठाईएकोमा थप उपचारको लागी नारायणी अस्पताल बिरगन्ज पठाईएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताउनु भएको छ ।

पक्राउ परेका रानालाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/31631

Previous articleगोलबजारबाट ब्राउनसुगरसहित एक युवक पक्राउ
Next articleक्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित, केन्द्रीय सचिवमा पारस खड्का विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।