रात्री बस दुर्घटना, २५ बढी यात्रु घाइते

दाङ- दाङमा रात्री बस दुर्घटनामा परेको छ । पुर्व-पश्चिम राजमार्गको लमही नगरपालिका-९ शिवखोलामा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको यात्रुबाहक आज बिहान दुर्घटनामा परेको हो ।

इलाका प्रहरी कार्यालय अमेलियाका अनुसार दुर्घटनामा परी २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् । बसका ४५ जना यात्रु सवार थिए ।

घाइतेहरुको उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेको छ । गम्भीर घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने अझै खुलिसकेको छैन ।

https://ujyaalonepalnews.com/archives/31715

Previous articleएसियाली खेलकुदः नेपालको प्रदर्शन निराशाजनक, अधिकांश खेल समूह चरणमै सिमित
Next articleनेपाल-चीन संयुक्त वक्तव्य: नेपाल–चीन प्रसारण लाइन अघि बढाउने समझदारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।