रत्ननगरको फेन्सी पसलमा आगलागी हुँदा लाखौंको क्षति

0
46

रत्ननगर, असोज ९ । पूर्वी चितवनको रत्ननगरमा रहेको एक फेन्सी पसलमा आगलागी भएको छ । रत्ननगर वडा नम्बर २ सिनेमा रोडमा रहेको भण्डारी फेशन कलेक्सनमा मंगलबार राति करिब ८ बजेको समयमा आगलागी भएको हो ।

आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको पीडितले बताएका छन् । नेपाल प्रहरीको सहायतामा ३ वडा वारुण यन्त्रको प्रयोग गरेर आगलागी नियन्त्रणमा लिइएको हो ।

पसलभित्रको विजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट ३५ लाख भन्दा बढीको क्षती भएको फेन्सी संचालक उमेश भण्डारीले जानकारी दिए ।

आगलागी भएको खवर थाहा पाएपछी उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरी, उपाध्यक्ष हरी अधिकारी सहितको टोलीले स्थलगत निरीक्षण गरी पीडीत संग भेट गरेको छ ।

भेटमा अध्यक्ष गिरीले संघबाट गर्न सक्ने सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।

जागिरको खोजीमा हुनुहुन्छ? यँहा क्लिक गरेर नेपालमा खुलेका नयाँ नयाँ भ्याकेन्सीहरु हेर्न सकिन्छ। 

https://www.ujyaalonepalnews.com/archives/31731

Previous articleजुम्ला विमानस्थल विस्तारको लागि बजेट विनियोजन
Next articleएसियाली खेलकुदको क्रिकेटमा मंगोलिया विरुद्ध नेपालको फराकिलो जीत