स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ

कास्की- जिल्ला प्रहरी कार्यालय कास्कीले मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

असोज ७ गते लमजुङ सुन्दरबजार नगरपालिका–६ की सुकमाँया दुरा श्वासप्रश्वास तथा ढाड दुख्ने समस्याको उपचारार्थ पोखरा–११ स्थित मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा उपचारको क्रममा असोज ८ गते डाक्टरद्वारा मृत घोषणा गरिएकोमा मृतकका आफन्तहरूले डाक्टरको लापरवाहीको कारण मृत्यु भएको भन्दै आन्दोलन गरेका थिए ।

मृत्युको कारण खुलाउनुपर्ने माग राखी आन्दोलनका क्रममा उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेको घटनामा पोखरा–५ मालेपाटनका ३४ वर्षीय विनय गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया बढाइएको सूचना अधिकारी प्रनाउ श्रवणकुमार विकले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/31743

Previous articleयसरी मनाइँदैछ नेपालमा विश्व पर्यटन दिवस
Next articleरेसुङ्गा विमानस्थलबाट अब हप्ताको दुई दिन उडान हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।