दोलखाको सिंगटीबाट आज थप तीन किलो सुन बरामद

दोलखा- दोलखाको सिंगटीबाट प्रहरीले आज थप तीन किलो सुन बरामद गरेको छ । सुनसहित सिंगटीबाट तीन जना र दुई जना चरिकोटको होटलबाट पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुको बयानको क्रममा थप तीन किलो सुन विगु गाउँपालिका १ स्यालुका २८ वर्षीय केशर तामाङघरमा रहेको खुलेपछि प्रहरीले बरामद गरेको हो ।

प्रहरी नायव उपरीक्षक दिपक खड्का कमाण्डमा रहेका टोली र केन्द्रबाट आएको सिआईबीले सुनसहित तस्करहरू पक्राउ गर्न सफल भएको छ ।

दोलखाको लामाबगर नाका हुँदै भित्रिएको चार किलो सुन र त्यसमा संलग्न व्यक्तिहरु पक्राउ गरी सार्वजनिक गरेको भोलिपल्टै आज प्रहरीले थप तीन केजी सुन बरामद गरेको हो ।

थप सुन रहेको भन्ने सूचनासँगै गएको प्रहरी टोलीले यसअघि सुन भेटिएको विगु २ जामुनेस्थित एक होटलबाटै थप सुन बरामद गरेको हो ।

प्रहरीले बुधबार राती जामुनेबाट बरामद भएको चार केजी सुन र त्यसमा संलग्न विगु गाउँपालिका १ स्यालुका २८ वर्षीय केशर तामाङ, विगु १ गोंगरका २० वर्षीय माधव मगर, विगु १ लामावगरका ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र १८ वर्षीय पेम्बा तामाङलाई बिहिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

https://ujyaalonepalnews.com/archives/31820

Previous articleसहकारीको रकम ठगी गर्ने प्रवन्धक पक्राउ
Next articleराजनैतिक स्थिरताका लागि निर्वाचन प्रणालीमा सुधार आवश्यकः अध्यक्ष ओली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।