एमाले बागमती प्रदेश अध्यक्षमा ढुंगेल निर्वाचित

काठमाडौं- नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित हुनुभएको छ । हिजो भएको निर्वाचनमा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

ढुङ्गेलले ६९६ मत प्राप्त गर्दा दाहालले ४३९ मत ल्याउनुभयो । उपाध्यक्षमा दावा दोर्जे लामा विजयी हुनुभएको छ ।

यसैगरी सचिवमा नवराज सिलवाल एक मतले विजयी हुनुभएको छ । सिलवालले ५६८ मत प्राप्त गर्दा अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत प्राप्त गर्नुभयो ।

खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी हुनुभएको छ । सहमतिमा प्रदेश नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो । मतदानमा ११३५ मत खसेको थियो ।

https://ujyaalonepalnews.com/archives/31837

Previous articleआजदेखि पितृ पक्ष आरम्भ, पहिलो दिन प्रतिपदा र द्वितीया तिथि श्राद्ध
Next articleसोह्र श्राद्धलाई लक्षित गर्दै वालिङका टोलटोलमा पञ्चगव्य बितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।