पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धि फिर्ता गरेको छ। मन्त्रीपरिषदको बैठकले मुल्य वृद्धि फिर्ता लिने निर्णय गरेसँगै आयोगले यो निर्णय फिर्ता लिएको हो ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको थियो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्रीले निगमलाई मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिइसक्नुभएको जानकारी दिनुभयो ।
“प्रधानमन्त्रीले नेपाल आयल निगमलाई आजै मूल्यवृद्धिको निर्णय फिर्ता गर्न निर्देशन दिनुभएको छ”, प्रवक्ता शर्माले भन्नुभयो, “निगम स्वचालित मूल्य प्रणालीमा गए पनि चाडबाडको समयमा मूल्यवृद्धिले जनतालाई समस्यामा पार्ने विषयलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।” उहाँले निगमले साविककै मूल्य कायम गर्दै आजै सूचना निकाल्ने समेत जानकारी दिनुभयो ।
नेपाल आयाल निगमले शनिबार पेट्रोल र  डिजलमा प्रतिलिटर रु छ, मट्टितेलमा प्रतिलिटर रु दुई, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाएको थियो । साथै एलपी ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको थियो ।।

https://ujyaalonepalnews.com/archives/31863

Previous articleआज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस
Next articleपाँच वर्षमा सडक दुर्घटना: १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।