भरतपुर महानगरपालिकाले माग्यो ३० जना नगर प्रहरी (सूचनासहित)

चितवन,१४ असोज । भरतपुर महानगरपालिकाले ३० जना नगर प्रहरीको माग गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै नगर प्रहरी नायब उपरीक्षकदेखि प्रहरी जवानसम्म ३० जना माग गरेको हो ।

महानगरले प्रकाशित गरेको सूचनाअनुसार नगर प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी नायब निरीक्षक १ जनासहित ३० जना माग गरिएको छ । सबैभन्दा धेरै प्रहरी जवान खुलातर्फ १३ जना माग गरिएको छ भने महिला प्रहरी जवान ३ जना, दलति ३ जना, आदिवासी जनजाति ३ जना, थारू २ जना र मधेसी १ जना मागेको हो ।

नगर प्रहरीका लागि असोज २९ गतेसम्म आवेदन दिन सकिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ । थप जानकारी महानगरपालिकाको वेबसाईटबाट प्राप्त गर्न सकिने छ भने पूर्व नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाली प्रहरीले सम्बन्धित निकायबाट प्राप्त गरेको अनुभवको प्रमाण पेस गर्नुपर्नेछ ।

यो सँगै भरतपुर महानगर नगर प्रहरीको कमाण्ड डिएसपीको हुने छ । यसअघि प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कमाण्डमा रहेको थियो । नगर प्रहरीको छनोटका लागि शारीरिक तन्दुरुस्ती र आत्मबल परीक्षणमा दौड २ सय मिटर, हाईजम्प र लङ्जम्प, सेटअप, पुसअप र चीन अप गर्नुपर्ने हुन्छ ।

https://ujyaalonepalnews.com/archives/31870

Previous articleपशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर
Next articleब्रिटिस काउन्सीलद्धारा एक्सपर्टलाई ‘हाइ पर्फमिङ अवार्ड’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।