काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई जना नियन्त्रणमा

काठमाडौँ- सिनामङगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

उक्त अस्पतालका डा मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर भइ हाल काठमाडौँ महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम तथा गुल्मी घर भइ हाल सिनामङगल बस्ने ३४ सरोज गौतम रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

आइतबार दिउँसो करिब १ बजे ओपिडीमा डा खड्कामाथि हातपात भएपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सक अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।

https://ujyaalonepalnews.com/archives/31881

Previous articleसिरहाबाट दुई ट्रक तस्करीका कपडा बरामद, एसपी र डीएसपी अनुसन्धानमा तानिए
Next articleअनुहार लुकाएर चिनिएका अभिनेता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।