एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

कर्णाली- नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीमा गुलावजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी मीनबहादुर शाहीले दुई सय सात मत प्राप्त गर्नुभयो । अध्यक्षका अर्का प्रत्याशी प्रकाश रोकायले भने मात्र चार मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा टेकराज पछाई दुई सय ६२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, प्रदेश कमिटी सचिवमा चार सय छ मत प्राप्त गरी ध्रुवकुमार शाही विजय हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गर्नुभयो ।

उपसचिवमा रवीन्द्रराज शर्माले तीन सय मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रत्याशी रमेश शाहीले दुई सय ६६ मत प्राप्त गर्नुभयो ।

महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी मेनका पछाईले ९६ मत प्राप्त गर्नुभयो ।

उपसचिवमा नौ उम्मेदवारहरु चुनावमा भाग लिएका थिए । प्रदेश कमिटीको प्रथम अधिवेशनमा जम्मा छ सय चार मत खसेको पाँच सय ८० मत सदर र २४ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/31899

Previous articleचार जनाविरुद्ध रु १५ करोड बिगो कायम गरी मुद्दा दर्ता
Next articleलिम्बूको हत्या प्रकरणमा मुख्य आरोपीसहित ११ जना सार्वजनिक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।