माडीका होटल व्यवसायीहरूलाई वेटर तालिम

१५ असोज, भरतपुर- जक्सन क्याफेको तालिम हलमा आज देखी एक हप्ते वेटर तालिम शुरू भएको छ । उद्योग वाणिज्य संघ–चितवन र होटल व्यवसायी संघ चितवन माडी एकाईको संयुक्त आयोजनामा भएको हो । माडीका होटल व्यवसायीहरुले दिने सेवालाई अझै परिष्कृत गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले माडी चितवन जिल्लाकै उत्कृष्ट पर्यटकीय केन्द्र बन्न सक्ने भौगोलिक बनावट तथा धार्मिक क्षेत्र भएको बताउँदै उहाँले अझ थप पर्यटकीय आर्कषणको केन्द्र बनाउनका लागि हस्पिटालिटी सेवा राम्रो बनाउनु पर्ने बताउनुभएको थियो ।

उहाँले यस क्षेत्रका व्यवसायीहरूलाई आवश्यक पर्ने तालिम तथा व्यवसायिक सेवा दिन उद्योग वाणिज्य संघ–चितवन सधै तयार रहेको बताउनु भएको थियो । कार्यक्रममा माडी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष पुरन महतोले माडीका पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्न माडी नगरपालिका लागिरहेको बताउँदै व्यवसायीहरूलाई हस्पिटालीटी सेवा सहज र सुलभ बनाउन अनुरोध गर्नुभएको थियो ।

३५ जना सहभागी रहेको तालिको प्रमुख प्रशिक्षक फोब्र्स कलेजका व्यवस्थापकिय प्रमुख योगेन्द्र मण्डल रहनुभएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्षदय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, कार्यसमिति सदस्य राजन पिया, रेशमलाल आचार्य कार्यकारी निर्देशक निलबहादुर के.सी., होटल व्यवसायी संघ माडीका पदाधिकारी कार्यसमिति लगाएत तालिममा सहभागी व्यवसायीहरूको उपस्थिति रहेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदी जानकारी दिनुभयो । कार्यक्रम होटल व्यवसायी संघ चितवन माडी इकाईको अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

https://ujyaalonepalnews.com/archives/31916

Previous articleसिरहाबाट फेरि डेढ करोड बढी मूल्य बराबरको अवैध कपडा बरामद
Next articleराष्ट्रियताको मुद्दामा सबै एकढिक्का हुन जरुरी छ : एमाले अध्यक्ष ओली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।