नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामुक्त हुन दर्ता गरिएको निवेदनमाथि सुनुवाइ स्थगित

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामुक्त हुन माग गर्दै उच्च अदालत पाटनमा दर्ता गरिएको रिट निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायतले दर्ता गरेको निवेदन न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा परेको थियो । यद्यपि, बिहीबारका लागि सो निवेदनमाथिको सुनुवाइ स्थगित गरिएको हो ।

खाँण र रायमाझीसहित नरेन्द्र केसी, टेकनारायाण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा. ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसीले जिल्ला अदालतले गरेको थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए ।

उनीहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा रहेको छ ।

https://ujyaalonepalnews.com/archives/31987

Previous articleनेपाल फर्किँदा अरूको सामान ल्याए कारबाही ! कुन सामान कति पाइन्छ ल्याउन ? (सूचीसहित)
Next articleहोमस्टे महासंघको चौथो राष्ट्रिय सम्मेलन चितवनको माडीमा आयोजना गरिँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।