नेवानिका दुई व्यवस्थापक कारबाहीमा

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दमामका लागि उडेको नेपाल वायुसेवा निगम (नेवानि) को विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना व्यवस्थापकलाई कारबाही गरिएको छ ।

विमानमा पटकपटक समस्या उत्पन्न हुँदा पनि त्यसलाई समाधान नगरी उडाएकामा प्राधिकरणले उनीहरूलाई कारबाही गरेको हो । काठमाडौँबाट दमामका लागि उडेको विमान ‘टिकास उपकरण’ मा समस्या देखिएपछि काठमाडौँ फर्काइएको थियो ।

‘ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम’ का कारण निगमको ए ३२० जहाज फिर्काइएको थियो । नाइनएन–एकेएक्स विमानको मर्मतमा संलग्न ‘ड्यूटी मेन्टिनेन्स म्यानेजर’ र निगमको ‘कन्टिनियुङ एयरवर्दिनेस’ (सीए) म्यानेजरलाई कारबाही गरिएको प्राधिकरणले जनाइएको छ ।–

https://ujyaalonepalnews.com/archives/31999

Previous articleमावि शिक्षक लाइसेन्सको नतिजा प्रकाशित, ५० प्रतिशत विद्यार्थी फेल
Next article‘बेरोजगारी कम गर्न निजी क्षेत्र र सरकारबीच साझेदारी आवश्यक छ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।