पिठुवा गरिबी निवारण सहकारीको १८ औं वार्षिक साधारणसभा

उज्यालो नेपाल- रत्ननगरको वडा नं. १६ मा रहेको पिठुवा गरिबी निवारण सहकारीको अठारौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  नगरप्रमुख  प्रलाद सापकोटाको  प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नं. १४,१५ र १६ का जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित थिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष दिनेश कुमार घलानले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने वार्षिक लेखा प्रतिवेदन लेखा समिति संयोजक ज्ञानेन्द्रराज मिश्रले ले प्रस्तुत गरेका थिए । संस्थाले गत आर्थिक वर्षमा ८ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरि झन्डै ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

कार्यक्रममा विभिन्न  १२  जना व्यक्ति तथा संघसंस्थालाई सम्मान र पुरस्कृत समेत गरिएको थियो । सम्मानित हुनेहरुमा संस्थाका सामाजिक परिचालक मिरा खनाल, जेष्ठ नागरिक पुरुष तथा महिला तर्फ क्रमश: लिच्छिवीराम लम्साल र  सरिमाया गुरुङ  छन् । त्यस्तै नियमित र उत्कृष्ट दैनिक बचतकर्ता संस्थागत तर्फ वडा नं. १४ को बुद्ध टोल विकास संस्था  र संस्थाका पुर्व कर्मचारी सरस्वती कोईराला पनि सम्मानित भएका छन् ।

कार्यक्रममा पुरस्कृत हुनेहरुमा व्यवस्थापक सुलोचना तिवारी खनाल, एकल उद्धमी महिला गीता दाहाल, असल ऋणी तर्फ गोविन्द वर्तौला, ज्ञानप्रसाद पुडासैनी र कमला नेपाल, उत्कृष्ट छात्रा तर्फ गरिमा पुडासैनी र फरक क्षमता भएका शेयर सदस्य तर्फ ममता रेग्मी छन् ।

सहकारीका अध्यक्ष दिनेश कुमार घलानको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष  शान्ती ढकालले स्वागत् मन्तव्य राखेकि थिईन् भने सचिव कोपिला पौडेलले कार्यक्रम संचालन गरेकी थिईन् । वि.सं. २०६८ सालमा स्थापना भएको सहकारीमा हाल १४०४ जना शेयर सदस्यहरु रहेका छन् । त्यस्तै संस्थामा हाल व्यवस्थापक, सहायक व्यवस्थापक र बजार प्रतिनिधी गरि ३ जना कर्मचारी कार्यरत छन् ।

https://ujyaalonepalnews.com/archives/32065

Previous articleनीतिगत सुधारका लागि चिकित्सा शिक्षा ऐन संशोधन आवश्यकः स्वास्थ्यमन्त्री बस्‍नेत
Next article‘कैद मिनाहा दिने कानुनी व्यवस्था गलत’: कांग्रेस महामन्त्री शर्मा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।