लुम्बिनीका अर्थमन्त्री चढेको गाडी दुर्घटनामा, मन्त्रीको अवस्था सामान्य

0
40

दाङ- लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको स्वकीय सचिव शम्भु गौतमले जानकारी दिनुभयाे ।

कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किँदै हुनुहुन्थ्यो ।

एक्कासी बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट हुत्तिएर झाडीमा पुगेर दुर्घटनामा परेको हो । दुर्घटना हुँदा सामान्य चोटपटक लागेको गौमतले बताए ।

मन्त्री, स्वकीय सचिव, पिएसओ, भान्से र चालक गरी गाडीमा ५ जना थिए । लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।।

https://www.ujyaalonepalnews.com/archives/32147

Previous articleभेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट हिँडेर १७ दिनमा बेनी
Next articleअरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु