कर्णाली प्रदेश निजामती सेवा विधेयक पारित

कर्णाली- ‘कर्णाली प्रदेश निजामती सेवा गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।

कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले विधेयक प्रस्तुत गर्नुभएको थियो ।

पारित विधेयक ऐनका रुपमा कार्यान्वयनमा आएपछि कर्णाली प्रदेश निजामती सेवाको गठन, सेवामा रहने तह तथा पदको व्यवस्था, दरबन्दी सृजना, माग, पदपूर्ति, सेवा सुविधा, सरुवा, बढुवा, क्षमता अभिवृद्धि, वृत्तिविकास कानुनी रुपमा सुनिश्चित हुनेछ ।

प्रदेशको प्रशासन सञ्चालन गर्न प्रदेश निजामती सेवाको गठन, सञ्चालन, सेवाका सर्त तथा निजामती कर्मचारीको व्यवस्थापनका सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केन्द्रीय निकायको रुपमा काम गर्ने पारित ऐनमा व्यवस्था गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/32181

Previous articleट्रक दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते
Next articleनोबेल पुरस्कारबारे जान्नै पर्ने कुराहरू
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।