नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज १२ बजे सङ्घीय संसद भवन नयाँ वानेश्वरमा बस्ने भएको छ ।

कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी उक्त जानकारी गराएको हो । बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/32188

Previous articleविश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
Next articleबुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।